Monday 10th August 2026

पहिलो हुन खोज्ने बाबुराम चौथो भए


तोयानाथ उपेक्षित, बाबुरामको पक्षमा बोल्ने भन्दा कयौ गुणा उनलाई गाली गर्नेहरु छन् । नहुन पनि कसरी उनले अघि पछि लगाएका मानिसहरुलाई जताततै छाडेर उनी अभिछिन्न पार्टी परिर्वतन र गठबन्धनको यात्रामा निस्केको लामै समय भयो । उनको यो अनन्त यात्रा ब्रमाण्डमा बाटो विराएर हुईकिएको छुद्र ग्रहको जस्तो देखिन्छ ।

सन १९९६ मा प्रचण्डसँग रहेर शसस्त्र विद्रोह गरेका उनै बाबुराम १७ हजार मानिसको हत्या पछाडीको शान्ति मिसनमा नेतृत्व गरेर मुलधारको शान्तिपूर्ण राजनैतिक परिर्वतनमा ओर्लिए । त्यही पार्टी बाट पटक पटक मन्त्री र प्रधानमन्त्री समेत बने र संविधान निर्माण लगत्तै पार्टी परित्याग गरे । पछि उनले आम आदमी पार्टीको जस्तो सपना देखे र नयाँशक्ति पार्टी खोले जुन शक्तिलाई जनताले पत्याएनन । चुनावमा शर्मानाक पराजयपछि उनी त्यसलाई अन्य पार्टीसँग गठबन्धनमा जोडदै शक्तिमा आउने ध्येयका साथ संघिय समाजबादी फोरमसँग जोडिए त्यसले पनि देशमा स्थापित हुदै गएको दुई दलिय बर्चस्व तोडन नसक्ने निश्कर्ष निकाल्दै राजपामा विलय हुन पुगे । प्रचण्ड नमरेसम्म आफू पार्टीमा पहिलो नहुने निश्कर्ष निकालेर हिडेका भट्टराई अहिले को पछिल्लो एकिकरणमा चौथो बरियताको बरिष्ठ नेता हुन पुगेका छन त्यहाँ बसेर बाबुराम कहिले पनि प्रम पनि हुने छैनन र अध्यक्ष पनि हुदैनन । अशोक राई पाखा लागे झै अहिले बाबुराम पाखा लागेका छन । अब जनता समाजबादी अन्तत विगतका क्षेत्रिय पार्टीहरुकै पूर्ण आकारमा आएको छ । जहाँ हिजो उपेन्द्र र महन्तहरु सँगै थिए आज उनीहरु जुटेका छन । तर बाबुराम त्यहाँ एउटा कुनामा बस्ने पर्यवेक्षक मात्र हुने निश्चित छ । भोली का दिनमा बाबुराम ले चुनाव जित्न पनि मधेसबाट मात्र सम्भव छ यदि टिकट पाए र त्यहाँका जनताले उनलाई पत्याए भने नत्र पहाड सिद्धयाएर तराई झरेका बाबुरामको राजनैतिक भविश्यमा ठुलो प्रश्नचिन्ह खडा भएको छ ।

बाबुराम ले माओवादी छाड्दा उनका धेरै निकटवर्ती र सहयोगीहरुले पछ्याएनन, नयाँशक्तिलाई लगेर उपेन्द्र सँग मिसाउदा बचेका कतिपयले उनलाई छाडिदिए । सँघिय समाजबादीबाट अहिले बनेको जनता पार्टी उनी विलय हुदा उनलाई बचेखुचेका पुराना नेताहरुले पनि छाड्नेछन । बाबुरामलाई देवत्वकरण गर्नेहरुको मनमा यतिवेला चोट लागिसकेको छ । उनको बौद्धिकताको वकालत गर्नेहरुले बाबुरामको हरिविजोग देखेर अचम्म भएका छन । अब त्यसपार्टीमा बाबुराम बबुरो भएका छन उनको कुनै पनि मिसन र भिजन ले काम गर्ने देखिन्दैन । आरोपहरुमा आउने कुरा जस्तै उनी रअ वा अन्य पश्चिमा शक्तिका सहयात्री नै हुन भने उनी त्यहाँ प्रयोग भने भईरहने छन । बाबुरामको राजनैतिक दर्शन वा सिद्धान्त के हो ? यतिवेला उनलाई समर्थन गर्नेले पनि सोच्दै होलान । बाबुराम को पछि लाग्ने की उनको विचारको ? अब उनीसँग हिजोको व्याक्तित्व पनि छैन र सिद्धान्त पनि । उनीसँग राजनैतिक विरासत पनि छैन र धरातल पनि ।

बाबुराम महत्वाकांक्षी नेता थिए । अति महत्वकांक्षा पनि घातक हुन्छ । उनी पहिलो हुन खोज्दा खोज्दै चाथौ भए अब उनको त्यहाँ कुनै भविश्य छैन । एकाध बर्षमा बाबुराम ले काग्रेस प्रवेश गर्ने छन तर कांग्रेसले उनलाई स्वीकार गर्दैन, राप्रपाले उनलाई पत्याउदैन । कम्युनिष्ट विचार नै त्यागि सकेका भट्टराई विप्लब हुन सक्दैनन । प्रचण्डले नै भविश्यमा बाबुरामलाई शरण दिन सक्ने एउटा गुन्जायस भने छ । के उनले त्यसो गर्लान ? राजनीतिमा केही भन्न सकिंदैन ।


सम्बन्धित शीर्षकहरु

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।…

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

प्रतिकृयाहरू
...