Sunday 26th January 2025

मौँका यहिँ हो सरकार , हात नकमाउ


बालकृष्ण घिमिरे, कोरोना अर्थात कोभिड – १९ ले विश्व त्राईमाम भएको छ । शक्तिशाली मुलुकहरु देखि अल्पविकसित मुलुकहरु समेत आ-आफ्नो देशको क्षेमता अनुसारका कार्य गर्दै महामारी नियन्त्रणका लागि लागि रहेका छन । र त्यो महामारी बाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन र नेपालमा पनि कोरोना संक्रमितहरु देखिएका छन । यो सामाग्री तयार पार्दा सम्मको सार्वजानिक तथ्यांकलाई आधार मान्दा हिजो विदेशमा रहि आफ्नो पसिना बेची देश धान्न रेमिट्यान्स पठाउने र पड्न विदेश गएर फर्किएकाहरुमा भाइरसको संक्रमण देखिएको छ ।

राज्यले ढिलै भएपनी आफू संग भएको समेन्त्र प्रयोग गरि कोरोना नियन्त्रणका लागि गरिरहेको प्रयासको अन्तरास्ट्रिय जगतले प्रशंसा गरिरहेको छ । यो अवधिमा वर्षौं सत्तामा बसेका र सामान्य नागरिकले उचित शिक्षाको व्यवस्था भएन नि भनेर प्रश्न गर्दा मैले तिमिहरुलाई नपड भनेको छु ? म कहाँ बाट शिक्षित व्यक्ती खोजु ? भन्ने तर्क गर्ने पुर्व सत्ता संचालकका मतियार र आसेपासेहरु आज अतालिदैँ महामारिको फाइदा लुट्दै हिजोको स्वादे जिब्रो तिखार्दै सत्ता प्राप्तिको सपना देख्दैछन । महामारी नियन्त्रणमा सत्ता पक्ष र प्रतिपक्ष भन्ने हुदैन , उद्दारणका लागि विश्वका अन्य कोरोना संक्रमित मुलुकहरुलाई हेर्दा हुन्छ । कुनै पनि मुलुकमा यो समयमा सत्ता चाहियो , मैले भए राम्रो गर्थ्ये भन्ने प्रतिपक्ष देखिएका छैनन् । हाम्रोमा भने स्वदेश देखि विदेशमा रहेका आफ्ना आसेपासेलाई उफारी भ्रमको बीउ छर्ने काम गरिदै छ ।
देश मात्रै हैन विश्व नै महामारी संग लडिरहेको अवस्थामा नेपाल सरकारले गरेका कोरोना नियन्त्रण र महामारि बाट उत्पन्न समस्यालाई निराकरण गर्न गरिएका जनपक्षीय निर्णयहरु बाट अतालिदै अनेकौ लाल्छना र आरोप लगाउने काम गरेर अझै नाङ्गैझार हुनु भन्दा राज्यलाई यो बिपतको समयमा सक्दो सहयोग गर्नुनै उपयुक्त हुदैन र ?
हो , सरकारका केही मन्त्री तथा उच्च पदस्त व्यक्तिहरुले यो महा संकटको घडिमा भ्रष्टाचार जन्य अपराध गर्ने उद्देश्य राखे भने मात्रै पनि तिनिहरु महापापी र महाअपराधी हुने छन। त्यस्ता नियतका जो कोई भएपनी छाड्न सकिँदैन । तर आज कानुनी राज्यको ओकालत गर्नेहरुनै कानुन हातमा लिएर अप्रमाणित व्यक्तिहरु माथी खनिनु भनेको महामारी नियन्त्रणका लागि राज्यले तत्काल गर्नु पर्ने निर्णय गरेर जनतालाई विस्वस्थ पार्दा आफू पचासौं वर्ष राजनिती बाट पछि परिन्छ भन्ने मानसिक चिन्तन र सत्ता स्वादको रसापान बाट बिमुख हुँदाको रोईलो मात्रै हो भन्दा अतियुक्ती नहोला । अर्को कुरा भ्रष्टाचार छानविन गर्ने निकायहरुले हाल आरोपित व्यक्तिहरु माथी छानविन गर्न कुन निकायले रोक्यो वा दिएन ? आजको यक्ष प्रश्न यो होईन र ?

त्यसैले महामारीको बेला पनि सिनो लुछ्न नपाएकोमा अफवाह फैलाउने र राज्यप्रती गद्धारी गर्ने , गिद्धहरुलाई सबक सिकाइएन भने देशले दु:ख पाँउछ । त्यसैले सरकार एक्सनमा उत्रीयोस । तिनले सिर्जना गरेका भ्रमका लागि तिनैलाई र ती भ्रम फैलाउन रातोदिन तल्लीन तिनका चारोवाला तथाकथित भरौटे मिडियाहरुलाई समेत पुर्ण बन्देज लगाइ कारवाही थालियोस । यो राज्यमा स्वतन्त्रताको नाउँमा खुल्लापन ज्यादा भो । अधिक खुल्लापनले छाडापन निम्त्यायो । बेलैमा यो छाडापन नियन्त्रण नगरे दण्डहीनताले प्रश्रय पाउछ, कानुनी शासनको उपहास हुन्छ । सरकार दर्होगरी खुट्टा टेक, साथमा छन् जनता । मौँका यहिँ हो सरकार , राज्यको नीति बिपरित संचालित मेडिकल कलेज ( निजि अस्पताल ) , निजि कलेज तथा बोडिङ स्कुलहरु लगाएतका निकायहरुलाई राष्ट्रियकरण गरि सरकारको क्षमताको अर्को दम्भ प्रस्तुत गर । मौँका यहिँ हो सरकार हात नकमाउ , खुट्टा नलर्वराउ ।श्रोत :- केही सब्द्द सामाजिक संजाल बाट सापट लिएर यो लेख तयार गरेको छु ।


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...