Monday 8th June 2026

कोरोना त्रास: नेपाल कुवेत सरोकार समाजद्वारा सांगितिक कार्यक्रम स्थगित


तितोपाटी- कुवेतमा कोरोनाभाइरसको प्रभावका कारण विभिन्न कार्यक्रमहरू स्थगित हुन थालेका छन् । यही क्रममा नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकउत्सव कार्यक्रम स्थगित भएको छ। विश्व भरि फैलिएको कोरोना भाइरस कुवेतमा पनि देखा परेपछी, कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न निर्देशन गरे बमोजिम वर्तमान परिस्थितीको गाम्भिर्यतालाई मनन गरि उक्त कार्यक्रम स्थगित गर्नुपरेको समाजका अध्यक्ष राम तमाङले जानकारी दिएका छन्।

समाजले पुर्व निर्धारित समय तालिका अनुसार आगामी अप्रिल १७ तारिख शुक्रबार दिनका लागि आयोजित उक्त कार्यक्रम स्थिति सामान्य नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । विश्वमा माहमारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै बैठक बसी स्थगित उक्त निर्णय गरेको तमांगले बताए।

नेपाल बाट आमन्त्रित बहु प्रसिद्ध गाएक voice of Nepal को कोच प्रमोद खरेल र गायिका योजना पुरी को साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि छैठो वार्षिकोत्सव मनाउने तयारी गरेको थियो।समाजले उक्त कार्यक्रम सम्पन्न गर्न नसकिएकोमा दुख ब्यक्त गर्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना मागेको छ ।
कुवेतस्थित नेपाली राजदूतावास, नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ट ब्यक्तिहरुसंगको सल्लाह, सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वातावरण नहुन्जेलसम्म कार्यक्रम स्थगित गरिएको समाजले बताएको छ।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...