Friday 16th January 2026

टेष्टिङको लागि नमूना लिन गएको निगमको जहाज नेपालगञ्ज विमानस्थलमा चिप्लियो


नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

विमानस्थलमा रहेका सई सन्तोष साहले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको बताए।‘कुनै क्षति भएको छैन। जहाजमा उडान दलका सदस्य ३ र जना स्वास्थ्यका प्रतिनिधि सवार थिए,’उनले भने।

उनका अनुसार जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुन्छ।उक्त जहाज टेष्टिङको लागि नमूना लिन गएको थियो।

यसअघि नेपाल एयरलाइन्सका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले स्वास्थ्य मन्त्रालयको अनुरोधमा स्वाब संकलनको लागि पश्चिमतिरको नेपालगञ्जबाट ल्याउने छलफल भएको बताएका थिए। ‘पहिलो उडान गर्दैछौं। परीक्षणको रूपमा र त्यो सफल भए निरन्तरता दिने वा नदिने छलफल हुने’ उनले बताएका थिए।

-तस्बिर शिव दाहालको ट्वीटरबाट।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...