Friday 3rd April 2026

लुम्बिनी समाजको साताैं वार्षिक उत्सव तत्कालको लागि स्थगित


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतले यहि मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको छ। विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिईरहेकोले उक्त कार्यक्रम स्थगित गर्नुपरेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन् ।

कुवेतस्थित नेपाली राजदूतावास, नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ट ब्यक्तिहरुसंगको सल्लाह, सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको गम्भिरतापुर्वक ध्यानमा राख्दै कोरोना भाईरसको संक्रमण अन्त्य भई सहज वातावरण नहुन्जेलसम्मको लागि कार्यक्रम स्थगित गरिएको अध्यक्ष नेपालीले बताए ।

समाजले आउँदो १३ तारिख शुक्रबार स्थानीय चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि सातौं वार्षिकोत्सव मनाउने तयारी गरेको थियो भने उक्त कार्यक्रम सम्पन्न गर्न नसकिएकोमा दुख ब्यक्त गर्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना मागेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...