Wednesday 31st December 2025

कुवेतको अल-मुत्ला दुर्घटनामा ज्यान गुमाएका बाँकी २ जनाको पनि सनाखत


तितोपाटी – गत बुधबार १२ फेब्रुअरीको दिन कुवेतको अल-मुत्ला प्रोजेक्टमा भएको दर्घटनामा ज्यान गुमाएका अन्य २ जनाको पनि सनाखत भएको छ। सनाखत भएका २ जना पुर्ण बहादुर सुनरी मगर नवलपरासी र राजु रोका मगर रोल्पा रहेको कुरा नेपाली रादजदूतावास कुवेतले एक प्रेस विज्ञप्ति सार्वजनिक गरि जनाएको छ।

दुर्घटनामा २ जना घाइते भएको र ६ जनाको ज्यान गएको पुष्टी भएको थियो भने २ जना घाइते र ज्यान गुमाएका ४ जनाको गत हप्ता नै दूतावासले प्रेस विज्ञप्ति मार्फत विवरण सार्वजनिक गरेको थियो।

विज्ञप्ति मार्फत दूतावासले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...