Monday 5th October 2026

वैदेशिक रोजगारको नाममा आठलाख ठगी गर्ने पक्राउ


तितोपाटी- ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले जानकारी दिए।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।नारायणीअनलाईन


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...