Tuesday 29th September 2026

वैदेशिक रोजगार विभाग र ईसेवाबीच सम्झौता


तितोपाटी-रोजगारीमा जाने श्रमिकले बुझाउने रकम ईसेवामार्फत पनि भुक्तानी गर्ने पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईसेवाबीच विदेशिने श्रमिकले रकम ईसेवामार्फत बुझाउन पाउने विषयमा शुक्रबार सहमति भएको छ ।

विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको रकम तिर्न सक्ने गरी सम्झौता गरिएको विभागले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले पैसा तिर्ने धेरैतिर धाउनुपर्ने बाध्यताको अन्त्यका लागि ईसेवासँग सहमति गरिएको विभागले जनाएको छ । हाल, दैनिक २ हजार विदेशी श्रमिकले वैदेशिक रोजगारीमा जानुअघि विभिन्न ठाँउमा पैसा बुझाउँदै आएका छन् । अब ईसेवामार्फत भुक्तानी गर्दा छिटो काम हुने विभागको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

प्रतिकृयाहरू
...