Monday 13th April 2026

सन २०१९ मा कुवेतमा ४२ जना नेपाली कामदारहरुको मृत्यु


हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन।

नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै भन्दा धेरै संख्यामा १५ जनाको हृदयघातको कारण मृत्यु भएको हो।

यसै गरि सडक दुर्घटना(ट्राफिक एक्सिडेन्ट)का कारण ५ जना, अन्य दुर्घटना(आगलागी तथा कार्यक्षेत्रमा दुर्घटना)का कारण ७ जना, गम्भीर बिमारीका कारण ४ जना, चक्कु प्रहार(झगडा)बाट १ जना र अन्य वा विविध कारणबस(मृत्युको कारण खुल्न नसकेका समेत) ७ जना नेपाली कामदारहरुले कुवेतमा यो वर्ष मृत्यु बरण गरे। त्यसै गरि ३ जना नेपाली कामदारहरुको आत्म हत्याका कारण मृत्यु भएको हो।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...