Wednesday 17th June 2026

अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको कालिकोटमा उद्दार


विप्लव समूहद्वारा अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ। शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए।अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्दार गरिएको डिएसपी ओलीयाले जानकारी दिए। ‘जंगलको खोचमा फेला पारेका हौं, उनीहरुले लुकाउन भनेर राखिएको ठाउँ होला,’ उनले भने, ‘तीन तिरबाट खोजी केन्द्रित गरी अध्यक्ष ज्युलाई भेटाएका हौं।’
अध्यक्ष शाही अहिले प्रहरीसँग छन्। ‘अध्यक्ष अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ’ डिएसपी ओलीयाले भने, ‘हामी अपहरण गर्ने व्यक्तिको खोजीमा लागेका छौं।’शाहीलाई अपहरण गरेको समूहले उनकी श्रीमती इला मल्ल र भाइ हस्तबहादुर शाहीलाई पनि अपहरण गरेको थियो। नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य रहेका शाही र नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष रहेकी उनकी श्रीमती इलालाई शनिबार राति विप्लव समूहले अपहरण गरेको थियो।भाई हस्तलाई भने शनिबार राति १ बजेतिर छोडिएको थियो भने पनि श्रीमती इलालाई आइतबार छोडिएको थियो। इला आइतबार दिउँसो आफन्तको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
शनिबार राती ठाटीकाँध–२ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेर उनीहरुलाई बिजारेको जंगल हुँदै कालीकोटको भर्तातिर लगिएको थियो। उनीहरुलाई १५ जनाको अपरिचित समुहले सोधपुछका लागि भन्दै लगेको थियो।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...