Tuesday 4th August 2026

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति समक्ष सपथ लिए


तितोपाटी – नेपाल सरकारको हिँजो पुनर्गठित मन्त्रीपरिषदका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाइ  राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुषाललाई कृषि तथा पशुपक्षी विकास र पार्वत गुरूङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन, मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनालले कृषि तथा पशुपक्षी विकास र थममाया थापाले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्बेवारी सम्हाल्दै आएका थिए ।

सपथ ग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्ने छन् ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...