Monday 7th September 2026

नेकपाको कार्यकारी बागडोर प्रचण्डको हातमा, पुरा कार्यकाल नै ओली प्रधानमन्त्री


तितोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो ।

कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी शर्मा ओलीले नै कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

नयाँ कार्यविवभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ । तर, पछिल्लो समय केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अध्यक्ष दाहाल असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...