Friday 16th January 2026

नेकपाको कार्यकारी बागडोर प्रचण्डको हातमा, पुरा कार्यकाल नै ओली प्रधानमन्त्री


तितोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो ।

कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी शर्मा ओलीले नै कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

नयाँ कार्यविवभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ । तर, पछिल्लो समय केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अध्यक्ष दाहाल असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...