Friday 24th April 2026

राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतको १५ नोभेम्बरमा हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा


तितोपाटी – राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ भने हालसम्म लालिगुराँस सांस्कृतिक परिवार मातहत रहेर बजाइंदै अाएको पञ्चे बाजा टोलीले अब उप्रान्त छुट्टै स्वायत्त संस्थाको रूपमा कार्य गर्नको लागि केहि समय अगाडि राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेत गठन गरेको थियो ।

यस राष्ट्रिय पन्चे बाजा समुहले कुवेत नगरीमा आफ्ने कला, धर्म, सांस्कृतिलाई जगेर्णा गर्दै बिभिन्न चाड-पर्व र अवसरहरूमा नेपाली राजदूतावास तथा कला-संस्कृतिको विकास र प्रवर्घनमा लागेका सांस्कृतिक संस्था, सामाजिक संस्था, राजनीतिक संस्थाबाट हुने बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेता पनि “कला सांस्कृतिक हाम्रो शान – पन्चे बाजा राष्ट्रिय पहिचान” भन्ने मुल नाराका साथ अझै आगामी दिनमा पनि सक्रियताका साथ यस कुवेत नगरीमा रहेका नेपाली दूतावास लगायत सांस्कृतिक, सामाजिक लगायत कुवेतमा कृयाशिल विविध विषयगत संस्थासँग सहकार्य र हातेमालो गर्दै जाने भन्दै राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत गठन गरिएको तदर्थ समिति संयोजक संयोजक सुनारले बताएका छन् ।

राष्ट्रिय पञ्चे बाजा समुहले प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रमको लागि कुवेतमा रहेका नेपाली राजदूतावास लगायत बिभिन्न संघ संस्था लगायत पत्रकार, कलाकार,खेलाडी, बुद्दिजीबि, समाजसेबी तथा शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै समाचारलाई निमन्त्रणा सम्झी प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रममा समयमै उपस्थिति भई कार्यक्रमलाई भब्य र सब्य बनाई दिनु हुन आयोजकले अनुरोध गरेको छ ।

प्रथम अधिवेशन कार्यक्रमको विवरणः
मिति :- १५ नोभेम्बर २०१९ शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- पपिन्स हल जलिप, कुवेत ।
आयोजक राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...