Thursday 19th February 2026

बेईमान र चरित्रहिन शासकका कारण देश र जनतालाई कहिले सम्म पिडा?


तितोपाटी-आज देश र जनताले जुन असह्य पीडा भोगिरहेको छ, यसको सम्पुर्ण कारण असक्षम, बेईमान र चरित्रहिन शासक हो । सच्चा जनता त सधैं निरीह र निर्दोश हुन्छन् ।

विदेशीको पिठो खाएर नेपाल आमाको छातिमा लात हान्ने ती नेता मात्र होईन ती नेताको पछि लाग्ने र तीनले दिईएको पीठो खाने जनता र कार्यकर्ता पनि देशद्रोही हुन् । लगभग ३० बर्षको अवधिमा देशले जुन अपुरणीय क्षति बेहो¥यो, वास्तवमा उनीहरु माफिका लायक समेत छैनन् l आज यसैको परिणाम हो, नेपालको भु-भाग कालापानी र लिपुलेक भारतले आफ्नो क्षेत्रमा गाभेको । कालापानीमा बस्ने सच्चा नेपाली जनता आफ्नै देशको भुगामा बर्षोदेखि पाईला टेक्न पाईरहेका थिएनन् । भारतको अनुमतिबिना हिड्न त के बोल्नसमेत मनाही थियो ।

हर्दाहेर्दै आज भारतले उक्त क्षेत्र खुप्लुक्क खाईदियो । शासकहरु रातो पुक्लुक्क गाला, ठुलो रोगी पेट बोकेर बालुवाटारमा जनतालाई जोक्स सुनाउदै रमिता हेरेर बसेका छन् । विचरा ति देशको ठेक्का लिने नक्कली मानिसहरु नै दोधारमा छन् । अहिले भारतले आफ्नो भुभागमा गाभेको क्षेत्र नेपालको हो कि भारतको ।यता देशका बुद्धिजीवि भनाउदाहरु, पत्रकारहरु र मिडिया भनेकै हामी मात्र हौ भन्नेहरु अब केपी ओली पछि पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री होलान् कि नहोलान् ? सहमति अनुसार प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी सुम्पेलान् कि नसुम्पेलान् भन्ने विषयमा छलफल गरेर बसेको छन् । फेरि प्रचण्ड, बाबुराम, माधव आदि प्रधानमन्त्री भए के नै नापिन्छ र यो देशमा ?

गलत र बेईमान शासकहरुले गर्दा नेपाली जनता यति निरिह र लाचार भईसकेका छन् कि, विदेश नगई सुख छैन । ईमान्दारपूर्वक काम गर्ने जनता, किसानलाई बिहान बेलुकाको छाक टार्न धौधौ छ । देशको विकराल अवस्थाले गर्दा नेपालीहरुमा धैर्य पुरै गुमिसकेको छ । रातारात मेहनत नगरी कसरी धनी बन्न सकिन्छ, अधिकांश नेपालीहरुको ध्यान त्यतातिर केन्द्रित छ । यसैको अर्को रुप हो विचौलिया । गाउँदेखि शहरसम्म, तराईदेखि हिमालसम्म विचौलियाको विगविगी छ । नेपालमा कसैको दिन छ भने त्यो विचौलियाकै हो ।

आज संसार अर्कै युगमा प्रवेश गरिसकेको छ । अन्य ग्रहहरुमा बस्ति बसाल्ने सम्भावयताको रिसर्च भईरहेको छ । मानिसको ब्रेनले कत्तिसम्म काम गर्न सक्छ र त्यो ब्रेनलाई कसरी भरपुर प्रयोग गर्न सकिन्छ भनेर विभिन्न अध्ययन, अनुसन्धान र अभ्यासहरु भईरहेका छन् ।संसारको सबैभन्दा महत्वपुर्ण चिज भनेको समय हो । हामीसंग भएको एकदमै महत्वपुर्ण र कम समयलाई कसरी सिर्जनात्मक काममा प्रयोग गर्ने, मानव बाट कसरी महामनाव बन्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने हो । तर आज नेपालीको दुर्भाग्य, सरकारको, नेताको विरोध गरेर महत्वपुर्ण समय खेर फाल्नुपर्ने स्थिति छ ।

म अत्यन्त व्यस्त छु, कसैको बारेमा टिक्काटिप्णी गर्ने फुर्सद छैन । काम नगरी मेरो घरमा भात पाक्दैन । तर मेरो महत्वपुर्ण समय कटौति गरेर यो लेख लेख्न बाध्य छु । आज म मात्र होईन देशप्रति निस्वार्थ प्रेम गर्ने सम्पुर्ण नेपालीको बाध्यता हो ।लेखक प्रदिप धामी हिमाल अनलाईन टिभीका पत्रकार हुन्


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...