Monday 28th September 2026

अनेसास कुवेतद्वारा ११० औं लक्ष्मी जयन्ती कार्यक्रमको तयारी पुरा


तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आईरहेको हुनाले यस वर्ष पनि महाकबि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउन लागि रहेको कार्यक्रम संयोजक प्रसाद तिम्सीनाले जानकारी दिएका छन। सो अवसरमा कुवेतमा रहेर नेपाली भाषा, कला र साहित्यका क्षेत्रमा कलम चलाउंँदै आएका साहित्य अनुरागीहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै समाचारलाई आधार मानि आफनो रचना लिएर समयमै उपस्थिति भई दिनु हुन् आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अनुरोध गरेको छ ।

तपसिल

मिति :- २५, अक्टुवर, २०१९, शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- न्यौपाने फेमेली रेष्टुरेण्ट जिलिब, कुवेत ।

आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...