Wednesday 12th November 2025

काश्मीर आक्रमणमा ज्यान गुमाएका २ गोर्खा सैनिकमध्ये एक पाल्पाका गमिल


तितोपाटी- भारत प्रशासित जम्मू-काश्मीर क्षेत्रमा पाकिस्तानी सेनासँग भएको भिडन्तमा ज्यान गुमाउने दुई गोर्खा सैनिकमध्ये एक नेपालीको नेपालको ठेगाना पुष्टि भएको छ।

मारिने दुवै सेना भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत गोर्खा सैनिकहरु हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ। गमिल पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर-४ स्थायी बासिन्दा भएको नगर प्रमुख रमण बहादुर थापाले पुष्टि गरे।

आइतबार भारत प्रशासित काश्मीरको कुपवारा जिल्लाको ताङधर क्षेत्रमा भएको घटनामा दुई भारतीय सैनिक र एक भारतीय नागरिक मारिएका थिए।२४ वर्षीय श्रेष्ठ २७ महिनाअघि मात्रै भारतीय सेनामा भर्ती भएका थिए।नगर प्रमुख थापाले श्रेष्ठको घरमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू रहेको र उनको पारिवारिक अवस्था नाजुक रहेको बताए।भारतीय सेनाको तालिम सकेर उनी ५ महिना अघि महिने छुट्टीमा घरका थिए र त्यसपछि उनी ड्युटीका लागि कश्मीर पुगेका थिए।उनी कक्षा १२ मा पढ्दापढ्दै भारतीय सेनामा भर्ना भएका थिए।
नेपाल लाइभ बाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...