Tuesday 22nd September 2026

सभामुख महराले राजीनामा दिए, प्रहरीले थाल्यो अनुसन्धान


तितोपाटी – सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै आएको थियो । तर सभामुखको नीजि सचिवालयले भने उक्त आरोप झुटो रहेको भन्दै खण्डन गरेको थियो।

‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रशन उठाई लगाएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताको आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिने बेलासम्मको लागि राजीनामा दिएको छु’ महराद्वारा उपसभामुखलाई बुझाइएको राजीनामा पत्रमा लेखिएको छ।

यसै बिच सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार एक महिलाले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाए पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिए पश्चात प्रहरीले अनुसन्धान शुरू गरेको हो । यौन दुर्व्यवहार भएको भनिएकी महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ।

सोमबार सञ्चारमाध्यमबाट ति महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...