Thursday 22nd January 2026

लोक स्टारको TOP-12 मा अर्घाखाँचीका शुशिल आचार्य


तितोपाटी-AP1 HD बाट प्रसारण हुने नेपाल लोक स्टारको TOP-12 मा पुगेका अर्घाखाँचीका शुशिल आचार्यले भोट गर्न अपिल गरेका छन । हजारौंलाई उछिन्दै TOP-12 मा सफल भएका गायक आचार्यले अब भोटले मात्र आफुलाई जिताउन सक्ने भन्दै सम्पुर्ण अर्घाखाँचीवासी लगायत देशैभरबाट आफुलाई भोट गर्न आग्रह गरेका हुन । विभिन्न विधाका सांगितिक प्रतिस्पर्धा हुने गरेका भएपनी लोकविधा तर्फ भने आईडल हुन लागेको यो पहिलो पटक हो । सुरुवाती चरणमा बुटवलमा सम्पन्न भएको नेपाल लोक स्टारको मेघा अडिसनमा अर्घाखाँचीको शितगंगाका गायक सुशिल आचार्य शिर्ष २५ मा छनोट भएका थिए । १ सय १७ जनाको समुहबाट शिर्ष २५ मा छनोट हुन सफल गायक आचार्य अहिले TOP-12 मा पुग्न सफल भएका छन् ।

गायक आचार्यले विगत ५ बर्ष देखि सांगितिक क्षेत्रमा संघर्ष गर्दै आएका छन । अर्घाखाँचीको शितगंगा-६, चिसापानी जन्मघर भएका आचार्य हाल बुटवल बस्छन । आधुनिक गीतमा विशेष चाँसो र रुची भएका उनी लोक गीतमा समेत अब्बल रहेको प्रमाणीत गरिसकेका छन । सुमधुर स्वरका धनी उनी विभिन्न मेला महोत्सवमा हुने प्रतियोगीतामा पनि प्रथम स्थान हासिल गर्न सफल भैसकेका छन । कठोर परिश्रम र संघर्ष गरेर यो स्थान सम्म आएको उनले बताएका छन ।

आचार्यले अब भोटिङ्गले मात्र अर्थ राख्ने भएकाले सम्पुर्ण अर्घाखाँचीवासी लगायत लोकगितप्रेमी महानुभावले भोटिङ्ग गरिदिनुहुन आग्रह गरेका छन । ‘सकेजती भोट गरेर अर्घाखाँचीको ठिटोलाई जिताउन मद्दत गर्नुहोला, उनले भने ‘भोट गर्न को लागि मोबाईलको Message Box मा गएर L लेखेर एउटा स्पेस छोडेर 03 लेखेर 37000 मा पठाउनु होला ।’कार्यक्रम प्रत्येक साताको विहिवार र शुक्रवार राती साढे आठ बजेबाट AP1 HD बाट प्रसारण हुने गर्दछ ।

साभार देउराली दैनिक डटकम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...