Sunday 10th August 2025

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ


न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

‘लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिलेलाई यति नै भनौं।’

उनले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको बताए पनि विस्तृत खुलाएनन्।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बेरुत: पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा सिरिया जाँदै गर्दा प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र उनका अंगरक्षक सहित धेरै व्यक्तिको…

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

प्रतिकृयाहरू
...