Tuesday 11th November 2025

वैदेशिक रोजगारीका लागि युरोप उत्तम


तितोपाटी- गुणस्तरीय वैदेशिक रोजगारीका लागि सरकारले युरोपियन मुलुकको तयारी गरेको छ । कामदारको सुरक्षा, सुविधा र पारिश्रमिकलाई मध्यनजर गर्दै सरकारले उत्तम गन्तव्यका रूपमा युरोपियन मुलुकहरूलाई प्राथमिकतामा राखेको छ ।

श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार केही युरोपियन मुलुकसँग कूटनीतिक छलफल भएको छ । हाल नेपालले विभिन्न ११० मुलुकमा वैदेशिक रोजगारी खुला गरेको छ । त्यसमध्ये हाल इराक, लिबिया र अफगानिस्तानलाई बन्द गरिएको छ । अफगानिस्तानमा निश्चित क्षेत्रका लागि भने खुला छ । त्यस्तै विभागले ९ मुलुकसँग वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेको छ । तर, सुरक्षा, सुविधा र पारिश्रमिकको दृष्टिकोणले खाडी मुलुक अत्यन्तै जोखिम भएको मन्त्रालयको ठम्याइ छ । त्यसैले यसको विकल्प र गुणस्तरीय रोजगारीको सरकारले खोजी गरेको छ ।

सरकारले जेनेभामा भएको बैठकमा पोचुर्गल, टर्कीलगायतका अन्य मुलुकसँग छलफल भएको मन्त्रालयले बताएको छ । मन्त्रालयले कूटनीति तहबाट छलफल पनि अगाडि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालका लागि युरोपियन र उत्तर अमेरिकी मुलुकमा श्रम बजारको ठूलो सम्भावना रहेको बताएको छ । यी मुलुकहरू विकासतर्फ उन्मुख भइरहेकाले श्रमिकको माग बढ्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार विभागका सहसचिव दीपक ढकालले बताए ।

‘यी मुलुकमा हामीले सम्बन्ध विस्तार गर्न सक्यौँ भने खाडीका लागि उचित विकल्प हुनेछ,’ उनले भने । अहिले युरोपियन, उत्तर अमेरिकी, अफ्रिका र अस्ट्रेलियालगायतका मुलुक नेपालका लागि श्रम बजारको बढी सम्भावना भएको मुलुक हो । त्यस्तै, न्युजिल्यान्ड, क्यानडालगायतका मुलुकमा छोटो अवधिका लागि श्रमिकको माग हुने गरेको उनले बताए । ढकालका अनुसार चीन पनि बढी सम्भावना भएको नजिकको मुलुक हो  ।
साभार नयाँपत्रिका


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...