Wednesday 5th August 2026

विदेश पठाउने कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको छापा


तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई रोजगारीमा विदेश पठाउन मिल्दैन।

विभागले कानुन विपरित काम गर्ने कन्सल्टेन्सी संचालक, कागजात र कम्प्युटर जफत गरेको जनाएको छ। केही दिनयता शैक्षिक परामर्शदाताको रूपमा दर्ता भएका कन्सल्टेन्सीले मोटो रकम लिई युवालाई विदेश पठाउन धन्दा चलेको छ।

साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

कुवेतमा आगामी केही दिन अत्यधिक गर्मी रहने मौसमविद्हरूले चेतावनी दिएका छन्। कुवेत मौसम विभागका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा तापक्रम…

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको नयाँ दिल्लीबाट आयोजित पत्रकार सम्मेलनमा आफू डिसेम्बर २०२६ भित्र बंगलादेश फर्कने घोषणा गर्दै कुनै…

प्रतिकृयाहरू
...