Sunday 28th December 2025

विदेश पठाउने कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको छापा


तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई रोजगारीमा विदेश पठाउन मिल्दैन।

विभागले कानुन विपरित काम गर्ने कन्सल्टेन्सी संचालक, कागजात र कम्प्युटर जफत गरेको जनाएको छ। केही दिनयता शैक्षिक परामर्शदाताको रूपमा दर्ता भएका कन्सल्टेन्सीले मोटो रकम लिई युवालाई विदेश पठाउन धन्दा चलेको छ।

साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...