Tuesday 29th July 2025

बेचविखनमा घरेलु महिला कामदारको ठुलो संख्या


तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो ।

सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी बेचविखनमा परेका मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु महिला कामदार छन् भनें १७ दशमलव ४ प्रतिशत फ्याक्ट्री वर्कर तथा सोही प्रतिशतमा निर्माण क्षेत्रमा काम गर्न गएका श्रमिक देखिएको छ । ५१ वटा घटना अध्ययन मध्ये ४६ जना व्यक्ति मानव बेचविखनको शिकार भएको देखिएको हो ।

यसरी बेचविखनमा परेका मध्ये ठूलो संख्या घरेलु महिला कामदारको देखिनुमा सरकारले लगाएको बन्देज नै कारण हुन सक्ने आप्रवासी महिलाहरुको संस्था आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले बताइन् । उनले घरेलु काममा जान सरकारले लगाएको बन्देजका कारण जोखिम अझ बढेको भन्दै यसमा पुनर्विचार गरिनुपर्ने धारणा राखिन् । अध्ययनले मानव वेचविखनलाई नियन्त्रण गर्न अन्तराष्ट्रिय कानून तथा अभिसन्धिहरु अनुमोदन गर्न र नेपालको कानुनलाई पनि समय सापेक्ष बनाउँदै कारवाहीलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ ।

सो अवसरमा बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले अध्ययनले सरकारले गर्नुपर्ने कामका विषयमा प्रष्ट सुझाव दिनुपर्ने धारणा राखे । उनले विगतमा विभागका तर्फबाट के कस्तो काम भयो भन्न नसक्ने भन्दै आफ्नो कार्यकाल सुरु भएपछि भनें पीडितलाई न्याय दिने हिसावले काम गर्न केन्द्रीत रहेको बताए । अध्ययनको अन्तिम रुप तयार पार्दा गर्नुपर्ने सुधारका विषयमा अनुसन्धानकर्मीहरु, अधिकारकर्मीहरु तथा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...