Monday 9th June 2025

एनआरएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनको तयारी पुरा


तितोपाटी – गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन  आगामी ०२ अगष्ट २०१९ का दिन कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुने भएको छ भने छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा एनसीसी कुवेतका महासचिव हरि लावतीले जनाएका छन् । एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष, महासचिव तथा मध्यपुर्वका अरू देशका एनआरएन प्रतिनिधिहरू पनि उपस्थित हुने कार्यक्रम रहेको छ ।

उक्त महाधिवेशनले एनसीसी कुवेतको नया कार्यकाल २०१९-२०२१ को लागि नया कार्यसमिति चयन गर्नेछ । यस पटकबाट अनलाइन पद्दतीलाइ कार्यन्वयनमा ल्याएको गैर आवासीय नेपाली संघले विश्व भरबाट अनलाइन माध्यमबाट भरेका पञ्जिकृत फारामका डाटा अनुसार हरेक देशका सदस्यहरूलाइ बैधता दिने छ भने कुवेतमा पनि छैटाैं महाधिवेशनको लागि अनलाइन फाराम भरेका ब्यक्तिहरूले मात्र महाधिवेशन प्रतिनीधिको रूपमा कार्यक्रम हलमा प्रवेश पाउने एनसीसी कुवेतले जनाएको छ ।

छैटाैं राष्ट्रिय महाधिवेशनको लागि  कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सूचना तथा निमन्त्रणा पठाई सकिएको जनाउँदै यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः

समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.


सम्बन्धित शीर्षकहरु

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६…

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

प्रतिकृयाहरू
...