Saturday 26th September 2026

खाडी मुलुक कतारमा पहिलो पटक नेपाली दोहोरी साँझ संचालनमा


तितोपाटी- कतारमा पहिलो पटक नेपाली दोहोरी साँझ संचालनमा आएको छ । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ औं तल्लामा मंगलबार एनआरएनए मध्य पूर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रवीन गुरुङ र उनकी धर्मपत्नी सरिता गुरुङले संयुक्त रुपमा उद्‌घाटन गरेसँगै उक्त दोहोरी साँझ सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा नेपाली लगायत अन्य मुलुकका नागरिकहरूको उपस्थिति रहेको थियो। रेस्टुरेन्टको नाम एसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट बार राखिएको छ । करिब ४ लाखको हारहारीमा कतारमा रहेका नेपालीहरूलाई नेपाली कला संस्कृती झल्किने गरि भरपुर मनोरञ्जन दिने हेतुका साथ उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको सञ्चालक गुरुङले जानकारी दिए । नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरू झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्ट समेत गरिएको छ।
सन्चालक गुरुङले डिसी नेपालसंग भने –‘हामी व्यापार व्यबसायको सिलशिलामा यहाँ९कतारमा० छौं तर, हामीले आफ्नो जन्मभूमीलाई कहिल्यै पनि भुलेका छैनौं र भुल्दैनौँ पनि । नेपाली कला र संस्कृतिलाई विदेशमा समेत झल्काउन र प्रवर्द्धन गर्नका लागि दोहोरी साँझ सञ्चालन गरिएको हो ।’

रेस्टुरेन्टमा वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आर्ट एण्ड डेकोरको काम गरेको छ । रसिया र इटालीमा आयातित रङबाट वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले काम गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...