Thursday 5th June 2025

कुवेतका लागि महामहिम राजदूत र पत्रकार महासंघबिच छलफल सम्पन्न


तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय: पत्रकारहरुको उपस्थिती रहेको थियो।

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरी कृष्ण न्यौपानेको नेतृत्वमा गएको उक्त पत्रकारहरुको टोलीले नब-नियुक्त राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी लगायतका कुटनीतिक कर्मचारीहरुलाई कुवेतको नेपाली समाजमा भए गरेका, हुने गरेका तथा कुवेतमा रहेका नेपाली कामदारहरुको बिभिन्न समस्याहरुको बारेमा अबगत गराउँदै ति समस्या समाधानका लागि कुवेतमा कृयाशिल बिभिन्न संघ-संस्थाहरु, पत्रकारहरु तथा नेपाली दूतावास मिलेर कसरी समाधान गर्न सकिन्छ भन्ने बारे छलफल गर्दै अबगत गराएका थिए।

विषेश गरेर नेपाली दूतावास कुवेतले दिने सूचनाहरुलाई कसरी समयमै सबै सामु पुर्याउने, बिभिन्न सामाजिक सन्जालहरुमा सम्प्रेषण हुने समाचार र सुचनाहरु (बिशेष गरी लाइभ भिडियोहरुलाई) कसरी मर्यादित बनाउने, दूतावासमा सर्बसाधारण कामदारहरुले कसरी सजिलै संपर्क र परामर्श लिन सक्ने, बिभिन्न घटना दुर्घटनाबाट कसरी बच्ने-बचाउने तथा घट्ना-दुर्घटनामा परी अंगभंग भएका, मृत्‍यु भएका, केही जटिल समस्याले अस्पातल भर्ना भएकाहरुलाई कसरी सहज रुपमा उद्दार तथा ब्यवस्थापन गर्ने भन्ने सम्बन्धमा विस्तृत छलफल भएको थियो। यसका साथै नेपालबाट नेपाली कामदारहरुको बारेमा बुझ्न आउने तथा औपचारिक भ्रमणमा आउने बिभिन्न प्रतिनीधि मण्डलसँग सकेसम्म सबै नेपाली समुदायलाई छलफलका लागि बोलाउने, कुवेतमा रोजगारीका लागि आएका कामदारहरुलाई समस्या परे पछी कालो सुचिमा परेका कम्पनीहरुलाई पुन: कामदार ल्याउन दिनु पूर्व दूतावासबाट अनिबार्य कम्पनी भिजिट हुनु पर्ने, नेपाली कामदारहरुले दोहोरो करार पत्रका कारण खेपेका समस्याहरुका बारे पनि गम्भिर छलफल भएको थियो।

साथै दक्ष कामदारका रुपमा नेपाली कामदारहरुलाई अबसरको खोजी गर्ने, कुवेतमा बढ्दै गरेको अबैधानिक कृयाकलापमा नेपालीहरुको संलग्नतालाई न्यूनिकरण गर्ने, नेपाली दूतावासले नेपाली समुदाय संग समय-समयमा अन्तर्कृया तथा छलफल गर्ने बारे पनि ध्यानाकर्षण गराइएको थियो। नेपालको वाणिज्य व्यापार प्रवर्धन गर्ने सम्बन्धमा नेपालबाट कुवेतमा आयत गर्न सकिने नेपालमा उत्पादित बस्तुहरू तथा भिजिट नेपाल २०२० मा सके सम्म बढी कुवेती पर्यटकलाई नेपाल भित्र्याउन बिभिन्न किसिमाका नेपाली सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी गर्ने बारे पनि छलफल भएको थियो।

अन्त्यमा दूतावासबाट दिइने सेवा सुबिधालाई मजदुर मैत्री बनाउने सम्बन्धमा छलफाल गर्दै आगामी दिनहरुमा नेपाली कामदारहरुले सके सम्म कम लगानीमा राम्रो काम पाउने अबसर सिर्जनाका लागि नेपाली दूतावासले  पहल गर्दै कुवेतमा रहेका बिभिन्न कम्पनीहरूमा कार्यरत नेपाली कामदारहरुको हक-हित र सामाजिक सुरक्षाका लागि दूतावासले  आफ्नो भूमिका बढाउने सम्बन्धमा महामहिम राजदूतले प्रतिबद्द्दता जाहेर गर्दै छलफल टुंगिएको थियो।

छलफलमा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतका साथमा मिनिस्ट्रर काउन्सिलर प्रकाश मणी पौडेल, द्वित्तिय सचिब जानकी ओझा तथा सहचारी यशोधा अधिकारीको उपस्थिती रहेको थियो।


सम्बन्धित शीर्षकहरु

पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको…

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले…

घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले…

प्रतिकृयाहरू
...