Tuesday 5th May 2026

एनआरएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन २६ जुलाइमा हुने


पञ्जिकृत सदस्यता फाराम अनलाइन मार्फत भरिने

तितोपाटी – गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतले एक सूचना जारी गरि  राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन अागामी २६ जुलाइ २०१९ मा गर्ने जनाएको छ । परिषदको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने निर्णय गरेको बुझिएको छ ।

अध्यक्ष सुमित्रा देवी पाैडेल र महासचिब हरि लावतीद्वारा हस्ताक्षरित सूचना अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ता मिती १९ मे २०१९ देखि १९ जुलाई २०१९ सम्म अनलाईन मार्फत खुल्ला गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ ।

नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS(Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिनेछ । यसको लागी https://mero.nrna.org/ मा गई Membership Registration भित्र आवश्यक विवरण भर्नुपर्नेछ । सदस्यता शुल्क केडि २.५०० फिल्स रहेको छ ।

सदस्यता अनलाईन फारामको लागी आबश्यक कागजातः
१. फोटो (एनआरएनए आईडी कार्डमा प्रयोग हुनेछ)
२. सिभिल आईडीको प्रतिलिपि
३. मोबाइल नम्बर र ईमेल
४. राहदानीको प्रतिलिपि

अनलाईन आवेदन बारेमा थप जानकारी लिनुपरेमा निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छः
१. सुमित्रादेवि पौडेल – ५५०३३४४० (जेलीब, हसाविया)
२. हरि लावती – ९७२७८३७९ (फाहाहिल, माङगाफ)
३. गणेश रावत – ६५०८१५३२ (साल्मीया, हवाली)
४. उमेश पुडासैनी – ५१६९०५१२ (फर्वानीया)
५. हर्क मोक्तान – ६६१६२७४८ (कुवेत सिटी)
६. शिव कोइराला – ५०४३५३२५ (खैतान, जाहारा)
७. नैना कला राई – ५६६४२६१३ (फर्वानीया)
८. आनन्द आश्चार्य – ५५२०६६४१ (फिन्टास)

नोट :– महाअधिवेशनको कार्यतालिका र स्थान बारे अर्को सूचना प्रकाशित गरिने छ ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...