Saturday 26th September 2026

बेरोजगारीले निम्त्याएको देहहत्या


तिलक भण्डारी (कमल) – हामी नेपालीहरू कति अभागि छाैं, रोजगारको लागी सात समुन्द्र पार गरी वर्षाैं सम्म हाम्रो पुरै जवानी जोश जागर सबै विदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छाैं। बेरोजगारीले निम्त्याएका कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि हामीले ति स्रोत साधनालाइ चिन्न नस्कदा र सक्षम नेतृत्व नहुदा आज हामी सबै नेपालीले रोजगारी शिलशिलमा धैरै कष्ट दुख पिडा भोग्न बाध्य छाैं। दुख कष्ट पिडा भोग्नलाइ हामी तयार हुनु पर्छ एउटा सामान्य भनाइ छ, “कि घोडलाइ पर्छ कि युवालाइ” तर यहाँ ठिक बिपरित भएको देखिन्छ । रोजगारीको नाममा हामीले कति समय वैदेशिक यात्रा गर्ने र भोलिका भाबि सन्ततिलाइ पनि यहि बाटो डोराउने आजको पेचिलो बिषय बनेको छ। हामी सबैले आफ्नो ठाँउबाट सोच्न बिचार मनन गर्न आबश्यकता छ । कसरी हामी बेरोजगारलाइ अन्त्य गर्न सकिन्छ यस बिषयमा सबैले आ-आफ्नो ठाउँबाट नयाँ रोजगारी सृजना गर्नलाइ बिज्ञान र प्रविधिको प्रयोग गरी उचित विषयको पहिचान गरी रोजगारी सृजना आजको आबश्यकता हो भन्ने महसुस गनपर्छ ।

रोजागारी कसरी सृजना गर्न सकिन्छ ? यस विषयमा अलि तेज र पेज मष्तिषक प्रयोग गर्नु पर्छ सबैले अनि मात्र बेरोजगारीलाइ अन्त्य गर्न हामी युवा सक्षम हुने छाैं। जसरी नेपाललाइ भुगोलको आधारमा बिभाजन गरिएको छ त्यसरी नै नयाँ रोजगारी सृजना गर्नलाइ पनि भुगोलको आधारमा बिभाजन गरी रोजागारी सृजना गर्न सकिन्छ । त्यसका लागी हामी सँग धैरै आधार छन । आज नेपाल कुषि प्रधान देश भनेर चिनिन्छ तर हामी कृषिमा सबै परनिभर भै बाँचेका छाैं । प्रत्येक वर्ष अरबाैं रूपैयाको कुषिजन्य चिज हामी आयात गर्न बाध्य छाैं । यदि हामीले भगोल र समय सापेक्ष कृषिमा लगानि गर्ने हो भने लाखाैं युवालाइ रोजगारी दिन सकिन्छ र आयात हुने ठाउँमा हामी नियात गर्न र सफल उदमी बन्न सकिन्छ ।

यदि हामीले रोजगारीको लागी कुनै पहलकदमी नचाल्ने हो भन्ने पक्कै पनि भबिष्यमा हामीले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ। बेरोजागरी समस्याले कति जटिल र डरलाग्दा घटना पैदा गर्छ भन्नको लागी हिजो मात्रै एक जना भाइको आत्म हत्याले पुष्टि गर्छ । त्यसकारण हामी कहिल्य पनि अरूले काम दिन्छ र माम पकाउला भन्ने हाम्रो मष्तिष्काबाट निकालन सक्ने हो भने मात्र यि र यस्तै घटनाबाट हामी अलि टाढा बस्न सफल र सक्षम बन्न सकिन्छ ।

बेरोजगारीले कति डर लाग्दा घटना सृजना गरेको छ । यो अरबको मात्र होइन हामी युरोपियन मुलुकमा पनि हेर्न सकिन्छ। बेरोजगारीको कारण आत्महत्या, हत्या-हिंशा जस्ता जघन्य अपराध, लागु पदार्थ सेवन तथा ओसार-पसार जस्ता कुलत दिनानुदिन बढेर गइरहेको छ । हामी तमाम नेपाली समाजमा कहि हत्या कहि लुटपाट कहि लिभिङ टुगेदर जस्ता सामुहिक समस्या  थेग्नै नसक्ने गरि जटिल बन्दै गएको छ ।

रोजगारी आजको आबश्यकता हो तर रोजगारी सृजना कसरी गर्न सकिन्छ सबैले मनन गराैं । सभ्य र कुशल अनि सगरमाथा जस्तो अटल र उच्च शिर बनाइ अगाडी बढने प्रयत्न गराैं । यो नै आजको आबश्यकता हो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...