Friday 25th September 2026

घरेलु कामदारको पुनः श्रम स्वीकृत खुलाउनुपर्छ : राप्रपा महामन्त्री लिङ्देन


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजेन्द्र लिङदेनले खाडी देशमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारको पुनः श्रम स्वीकृत सरकारले रोक्न नहुने बताउनुभएको छ ।

राम्रो काम र दाम भएका तथा आफूलाई सुरक्षित महसुस गर्नेहरु मात्रै फेरी त्यही देशमा त्यही कामका लागि जाने चाहने भएकाले सरकारले श्रम स्वीकृत खुलाउनुपर्ने बताउनुभएको हो ।

राप्रपा नेपालको प्रवास संगठन प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनलाई दुबईमा सम्बोधन गर्दै नेता लिङ्देनले नेपाल गएर फेरि फर्किन नपाउने चिन्ताले चाहेर पनि धेरै नेपाली देश फर्किन नपाएका नेपालीलाई आफूले देखेको र भेटेकोले नेपाल फर्किए लगत्तै सरकारसँग पुनः श्रम स्वीकृत खुलाउन माग गर्ने बताउनुभयो ।

यसैबीच प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनले शशि सिलवालको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनोज जैसवाल, किशोर केशी, रमेश कुँवर रहेका छन् ।

यस्तै सचिवमा देवराज पौडेल, कोषाध्यक्ष नारायण पोख्रेल, सहकोषाध्यक्ष कमला बस्याल रहेका छन् । समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मण श्रेष्ठलाई तोकिएको छ भने समाजको मध्यपूर्व संयोजकको जिम्मेवारी तोयानाथ लम्साललाई दिइएको छ ।

अधिवेशनका लागि महामन्त्री लिङ्देनको नेतृत्व राप्रपा प्रदेश – ५ का अध्यक्ष प्रदिपकुमार उदय, सहायक महामन्त्री राजाराम बर्ताैला, प्रवास विभाग प्रमुख विजय खड्का यूएई आउनुभएको थियो ।

साभार उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...