Monday 28th July 2025

साँस्कृतिक मञ्चको कार्यक्रम तयारी पुरा, “बेसारेको मन” को विमोचन पनि सँगै


तितोपाटी – नेपालकुवेत साँस्कृतिक मञ्चले राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ अागामी शुक्रबार ३ मइ २०१९ को दिन जलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रम २०७६ को सम्पुर्ण तयारी भएको जनाएको छ । सो कुरा नेपाल कुवेत साँस्कृतिक मञ्चका उपाध्यक्ष कृष्ण सुनारले तितोपाटी डट कम लाइ जनाएका छन् । मञ्चले  च्यारिटी सो को रूपमा सो कार्यक्रम गर्न लागेको हो ।

कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक सँस्थाको रूपमा रहेको मञ्चले नेपालको अति दुर्गम कर्णाली क्षेत्रमा सिधाकुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने लगायतको सकृयतामा बन्न लागेको “राष्कोट सामुदायिक अस्पताल”  निर्माण सहयोगार्थ  अाफ्नो १८ अाैं प्रस्तुतिको रूपमा कुवेत स्थित स्थानिय कलाकारहरूद्वारा भव्य सांगितिक कार्यक्रम गरि सो कार्यक्रम मार्फत संकलित रकम सहयोग रकम नेपाल पठाउने जनाएको छ ।

उक्त कार्यक्रममको लागि  कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, साहित्य अनुरागी, खेलाडी, कलाकार, गन्यमान्य भद्रभलाद्मी लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ पत्राचार गरिसकेको जनाउँदै कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु हुन तथा च्यारिटी सहयोग गर्ने भएकोले तन, मन र धनले सहयोग गर्नुहुन सबैमा अाग्रह समेत गरेको छ । यसै बिच कलाकार र कलाको संरक्षण तथा सम्बर्धनमा लागि परेको यस सँस्थाले यसै हप्ता कुवेत बसाइलाइ बिट मारेर फर्केका मञ्चका कलाकार दिलीप साहलाइ विदाइ गरेको जनाएको छ ।

मञ्चको सांगीतिक कार्यक्रमको अवसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गिती एल्बम “बेसारेको मन” को पनि विमोचन हुने भएको छ । प्रवासको अत्यन्त व्यस्त दैनिकीको वावजुद पनि नेपाली माैलिक लोक गीत संगीतको विकास, विस्तार र प्रवर्धनमा सपर्पित कृष्ण सुनारले यस अघि नै “जिबनको बाटो” नामक दर्शक श्रोता माझ ल्याइसकेका छन् ।

अहिले विमोचन गर्न लागिएको “बेसारेको मन” करिब एक महिना अघि पिबि म्युजिक क्रिएसनको युटुब च्यानल मार्फत सार्वजनिक भै सकेको छ भने यस गीतमा गायक सुनारलाइ गायिका बिमला गैरेले साथ दिएकी छन् । गीतको शब्द रचना तथा संगीत संयोजन प्रेम कुमार गैरेले  गरेका छन् । गीतमा अभिनय राजकुमार दर्जी र प्रियंका नेपालीले गरेको उक्त गीतको भिडियोमा निर्देशन स्मृति तिमिल्सिना (गुरूअामा), छायांकन सुरेश श्रेष्ठ, सम्पादन प्रकाश धमला र  सृंगार श्याम मल्लको रहेको छ ।

 


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...