तीतोपाटी विकासउन्मुख देश हरु आज क्रमिक रुपले बिकसित हुँदै छन तर पनि नेपाललाई बिभिन्न समस्याले नसताएको भने हैन, एसियाकै सबै भन्दा पुरानो तथा अनेकौ जातजाती , भाषा भाषि , अनेकौ धर्म संस्कृति विविधतामा एकता ले विश्वमा चिनिने देस नेपाल , तर बिकासमा तिव्र रुपले अघि बढ्न सकिरहेको छैन।
प्राकृतिक स्रोत लगाएत अन्य विभिन्न बिदेसमा निर्यात गर्न सकिने कैयो स्रोत हरु हाम्रै देशमा रहेका छन ,तर पनि यी स्रोत र साधनहरुको सहि सदुपयोग हुन सकिरहेको छैन।प्राकृतिक दृष्टिकोणले हेर्ने हो भने पनि विश्व मा जलस्रोतको दोस्रो धनी देस विश्वकै सर्बोच्च सिखर सगरमाथा लगाएत ८००० मिटर भन्दा माथिका ८ हिमशृङ्खलाहरु नेपाल मै अबस्थित छ्न।
बिकासउन्मुख देशलाइ बिकसित बनाउन यी सबै स्रोत हरुको सहि सदुपयोग हुनु जरुरी हुन्छ।र यिनको सहि सदुपयोग गर्नमा मुख्य भुमिका नेपाल सरकारले निभाउनु पर्दछ।तर बिडम्बना यिनिहरुको सहि सदुपयोग गर्न नसक्नुमा हाम्रो सरकार को कमजोरी रहेको छ।यस कारण हाम्रो देश नेपाल बिकास तथा समृद्धिको पाइला अगाडी बढाउनमा निकै नै कमजोर रहेको छ।
नेपाल पछाडी पर्नुमा नेपाल सरकारको धेरै नै कमजोरी देखिन्छ।विभिन्न देशमा त्यस देशका राजनैतिक कर्मीहरु आफ्नो देश बिकास गर्ने हेतुले अनेकौ सङ्घर्ष गरिरहदा आज नेपालि राजनितिग्य हरु देशलाई कसरी लुट्ने कसरी देश कमजोर बनाउने र देशको अर्थतन्त्रनै धरापमा पारेर देशको ढुकुटी रित्याइ आफ्नो खल्ती भरेर र आफ्नो आसेपासे पोस्ने काम तिर लागेको हो कि भन्ने भान भएको छ हामी नेपालि जनमानसमा।
जनयुद्ध पछि राजतन्त्र हटाइयो ,देशमा नँया आयाम को स्थापना भयो ।नया नया पार्टी अनि राजनीतिज्ञ हरु देशको लागि केही गर्छन , भन्ने आसामा संबिधान सभाको चुनाब मार्फत सत्तामा पुर्याइयो तर १० वर्षको समायावधि त्यतिकै खेर फालियो समयमै सरकार बनाइ देश सहि दिसातिर लम्कियको हो भने २०६४ को संबिधान सभाको चुनाब देखि आजसम्म को समयमा प्रत्यक नेपालिको घर घरमा प्राडो रेन्ज रोभर जस्ता बिलासियुक्त गाडि तथा साधन स्रोत हुने थियो।
जेहोस१० वर्षनै लगाएर भए पनि स्थिर सरकार ल्याउन सफल हुनु भएका माहान नेता ज्यु हरु स्थिर सरकार आउदा पनि विभिन्न घोटालाहरु गरि देशको अर्थतन्त्र अझ कम्जोर बनाउन तिर लागेका छन।
ncell घोटाला,ह्वाइड बडि घोटाला,4g घोटाला ,निर्मला हत्याकाण्ड जनताको अगाडि नै गरेर उखान टुक्कामा देश बनाउने बाचा गर्छन। आज देशको अर्थतन्त्र पर्यटन ब्यबसाय तथा खाडिमा काम गर्न गएका हजारौ युबाहरुले पठाएको रेमिटेन्सबाट चलेको छ हाम्रो देश।
जनताले सरकार माथी भरोसा गर्नु पर्ने अबस्थामा पुरै रास्ट्र जनतामा आस्रीत भएको देखिन्छ हुन त जनता र राष्ट्रको अन्तर सम्बन्ध रहेको हुन्छ तर यहाँ देश चाहिने भन्दा बढ़ी जनतामा आस्रीत देश भएको छ।यहाँ सम्म कि परदेशी युबाले कमाएको रेमिटेन्सले नपुगेर परिवारको लागि भनेर मेहेनत पसिना गरि कमाएको पैसा जम्मा गरि सानो तिनो खेलौना थोरै कपडा मोबाइल लिएर आफ्नो जन्मभुमि फर्कदा पनि सरकारको गिद्धे नजर लागेको छ।
अहिलेको अबस्थामा सरकार धेरै नै लापरबाही हुँदै गएको देखिन्छ पुरै देशलाई नियालेर हेर्ने हो भने यहाँ अनेकौ समस्या हरु रहेका छन।तर मुल रुपमा हाम्रो नेपालको मुख्य समस्या भनेको जनताको आधार भुत आबस्यकता मै छ जस्तै `शिक्षा,स्वास्थ्य,खानेपानी , बाटोघाटो , देखि दैनिक उपभोगिय सामन हरुको अभावमा बाचिको छ जनता
जलस्रोत को धनी देस नेपाल तर यहाँ नै कयौ नेपालीहरु नै वर्षेनि स्वच्छ खानेपानी पिउन नपाएर हजारौको सङ्ख्यामा मृत्यु को मुखमा पुग्ने गर्दछ्न।स्वास्थ्यको क्षेत्रमा पनि अझ बडि बिकराल समस्या रहेको पाइन्छ।
साधारण रोग लागेका मानिसहरु सहि उपचार नपाउदा ज्यान गुमाउनु परिरहेको छ।शिक्षाको त झन कुरै नगरौ कैयो बाल बालिका स्कुल जाने उमेरमा आर्थिक अबस्था कमजोर भएको कारणले परिवार पाल्नको निम्ति श्रम गर्न बाध्य छन पढेर ज्ञान प्राप्त गरि देश बिकास मा लाग्नु पर्ने बाल बालिका यस्ता आधारभुत आबस्यकता को कमिले गर्दा मृत्युको मुखमा पुग्ने गर्दछ्न तब कसरी हुन्छ देस परिबर्तन
देशको मुहार फेरिने आसामा हामी लाचार जनता कुरेर बसेको दसकौ बितिसक्दा पनि बिकासको झिनो आभास हुन सकेको छैन।
म त एक साधारण ब्यक्ती कक्षा१० पढेर परिवारको जिवको उपार्जनको लागि बिदेशिएको ब्यक्ती जसलाई प्रत्यक दिन सुर्यको किरण सङ सङै आफ्नो आफ्नो देश अनि आफ्नो परिवार को मुहार कहिले फेरियला भनी आसाका किरणहरु मनमा उब्जि रहन्छ्न। तर देसको नेतृत्व को जिम्मा लियर उच्चपद सम्हालेर बस्नु भएका सम्माननिय प्रधानमन्त्री ज्यु तपाईं को मनमा पनि मेरो मनमा जस्तै राष्ट्र भक्ती को भबना जाग्छ कि जाग्दैन होला भन्ने प्रश्नमा म जहिले अल्मलिरहेको छु।खजाना नै खजाना ले भरिएको मेरो प्यारो देश नेपाल। यहाँ म जस्तो अनपढ़ नजरबाट पनि धेरै समृद्धिका सम्भाबनाहरु देख्ने गर्दछु।
जल स्रोत को धनी देश नेपाल कृषि मा उर्वर शक्ति बोकेको नेपाली माटो अनि विश्व को सर्बोच्च सिखर सगरमाथा लगाएत विभिन्न प्राकृतिक सौन्दर्यका क्षेत्र हरु यी सबै नेपाल को प्रकृतिक सम्पदा का सम्पती बाट के सम्भाबनाहरु देख्नु भयो त हजुर ले नेपाली हिउँ पग्लिएर बगेको नदिको चिसो पानी बिस्वले पिएर प्यास मेटाउन सक्छ तेस्तै खेर गएको पानी बाट एसिया झलमल्ल पर्ने बिधुत निस्किन्छ। तर देशको तराइ क्षेत्रमा हजारौ बिघा जमिन खाली रहेको छ।
यस्ता जमिन मा कृषि उधोग स्थापना गरि नेपाली युवा लाई आफ्नै देशमा रोजगारको सृजना गर्न सकिन्छ।
सगरमाथाको देश भनेर चिनिने हाम्रो नेपालमा विभिन्न प्राकृतीक सौन्दर्य अबलोकन गर्न आउने पर्यटक हरुलाइ सेवा सुबिधा तथा सुरक्षा उपलब्ध गराइ विश्व ब्यापी रुपमा नेपाली पर्यटन बिस्तार गर्न सकिन्छ। बस्ती बसाल्न र कृषि गर्न अयोग्य ठहरियका पाहाडहरुमा बिस्वकै सबै भन्दा ठूलो मनोरम पार्क स्थापना गर्न सकिन्छ। यी मेरा अनपढ नजर बाट देखिने सम्भाबना हरु कार्यान्वयन गर्ने हो भने पनि देश १० वर्ष भित्र समृद्धितिर लम्कन्छ जस्तो लाग्छ।
सम्माननिय प्रधान मन्त्री ज्यु हजुर जस्तो माहान ब्यक्तिको नजरमा झन कति सम्भाबनाहरुको खानी होलान म कल्पना पनि गर्न सक्दिन।देशको सचेत नगरिक हु ,मलाइ हरपल देशको विभिन्न समस्याहरुको चिन्ताले सताइरहन्छ।आज बिस्वमा विभिन्न राष्ट्रहरू नया नया कुरा हरुको खोजी गरि उचाइमा पुगिरहदा देशमा भएका स्रोत को समेत सहि सदुपयोग हुन सकेको छैन ।
प्राकृती स्रोत मात्र नभइ जन स्रोत दक्ष जनशक्ति पनि नेपालमा भरी पुर्ण रुमा रहेका छ्न।खेलको माध्यम बाट कलाकारिताको माध्याम बाट बौद्दिक माध्यमको प्राय सबै क्षत्रबाट अग्रसर प्रतिभाहरु को खानी छ नेपालमा तर यी सबै प्रतिभाहरुलाई देश भित्र उचित समरक्षण तथा प्रोत्साहान को कमि छ। बैद्दिक क्षमता बोकेका नेपालीहरु आज विभिन्न देशहरुमा आफ्नो क्षमता बढ़ीरहेको छ।बिस्वका शक्तिशाली राष्ट्रहरू आज आणबिक हतियारहरु बनाई अझ अझ शक्तिशाली बनिरहदा नेपालमा आफ्नै जहाजहरु पनि औला भाचेर गन्न सकिन्छ।
गोर्खाली मात्र वीर भनेर चिनियका छ्न तर वीर खोर्खाली सैनिक ले चलाउने हतियार हेर्ने हो भने आफै लज्जित हुनु पर्छ।ठुला ठुला पेन्जर र फाइटर प्लेनहरुको कमि अन्तरिक्ष सम्म पुग्ने बैज्ञानिक हरुको टोलि ठुला ठुला बैज्ञानिक प्रयोग साला। शैक्षिक प्रयोग्शाला यि याबत कुराको कमि नेपाल सरकारले खै कहिले पूरा गर्ने।
बिस्वका देशहरू यी याबत कुराहरुले अगाडि बडिरहदाँ नेपाली जनता शिक्षा स्वास्थ र स्वच्छ पिउने पानीको अभाब मा मर्नु पर्दा सारै दुख लाग्छ।म एक अरबको खाडिमा काम गर्ने नेपाली कामदार यहाका नया नया कुरा हरु नियाल्ने कोसिस गर्दछु।समुन्द्रको खरो पानी खान योग्य बनाएका छ्न।बालुवाबाहेक अरु केही भेटिदैन।बालुवा मै महल बनेका छ्न।तर पनि यहाका प्रत्यक घरहरुमा पिउने पानी को अभाब महसुस गर्न सकिँदैन।सबै कृतिम पर्यटकिय स्थलहरु निर्मित छ्न।तब मन मा खिन्न हुन्छ ।जुन देश जल स्रोत धनि देश त्याहि देशमा पिउने पानीको अभाब मा जनता मर्नु पर्ने।कृतिम प्रयटकिय स्थल बाट करोडौ मुनाफा हुन्छ यहाँ तर नेपालमा प्राकृतिक पर्यटकिय स्थल हुदा हुँदै पनि देश बिकास र समृद्धि तर्फ जान सकेको छैन कारण के रहेछ।
बिमल दाहाल
हाल कुवेत