Friday 25th September 2026

साउदीमा काम गर्न आएकी नेपाली चेलीकाे इलिगल अबस्थामा कुवेतमा मृत्यु


तितोपाटी – कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिकको दिन निधन भएको हो । ४७ बर्षीया अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् ।

न्यून आर्थिक अबस्था भएकी अमृता ७ वर्ष अघि विदेश गएका श्रीमान भारतमै बेपत्ता भए पछि ४ वर्ष अघि ३ जना नाबालक छोरीहरू माइतमा छोडेर वैदेशिक रोजगारमा आएकी थिइन् भने गाउँकै केहि सहयोगी व्यक्तिहरू र संघ सँस्थाको सहयोगमा उनका नाबालक छोरीहरूले विद्यालयको अध्ययनलाइ निरन्तरता दिंदै आएका थिए ।

सन २०१४ मा श्रमसम्झौता गरेर घरेलु कामदारको रुपमा साउदी अरेबिया पुगेकी अमृतालाई स्पोन्सरले कुवेतमा ल्याएर बेचेको बुझिएको छ । उनको कुवेत सिभिलआइडी(परिचय पत्र)का आधारमा बैदेशिक रोजगार बिभागमा हेर्दा  सन २०१४ श्रमसम्झौता गरेर घरेलु कामदारको रुपमा साउदी अरेबिया गएको पत्ता लागेको कुवेत स्थित नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहदुर मगरले तितोपाटी डट कम लाइ बताए भने मृतक अमृतालाइ स्पोन्सरले भगौडा (रनवे)केस हालेको छ ।

मृतक अमृताको मृत्यु बारे आधिकारीक रिपोर्ट आउन भने बाँकी रहेको सचिव मगरले बताए । मृतकको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,३०,५०० रुपिया) लाग्ने दूतावासले जनाएको छ । अवैधानिक भएकाले उक्त रकम उपलब्ध नहुँदा मृतकको शव नेपाल पठाउन समस्या भएको दूतावासले बताएको छ । दूतावासले मृतकको शव नेपाल पठाउन आवश्यक रकम सहयोग गर्न अनुरोध गरेको छ ।

उता नेपालमा अमृताको मृत्युको खबर प्राप्त भएपछि उनका ३ छोरीहरू अस्मिरा, अस्मिता तथा सुनिता र बृद्ध अामा शोक सन्तप्त  बन्दै श्वास भेट्न नपाए पनि शब नेपाल पठाउने ब्यवस्था गरिदिन कुवेत स्थित नेपाली राजदूतावास लगायत सम्बन्धित सबैमा अनुरोध गरेका छन् भने स्थानिय गाउँपालिकाले एक शिफारिस पत्र बनाइ अमृताको शव फिर्तीमा सहजीकरण गरिदिन सबैमा अनुरोध गर्दै अमृताको अामाको इच्छा बमोजिम नाताले भाइ पर्ने राजु दमाइलाइ शब बुझ्नको लागि प्रतिनीधि तोकिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...