Monday 21st September 2026

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक


सरकारले रसुवा, नुवाकोट, धादिङ लगायत बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाउन निषेध गरेको छ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उद्धार कार्य जारी रहेका बेला केही व्यक्ति तथा संस्थाले अनुमति नलिई ड्रोन उडाएको पाइएको जनाएको छ। यसले हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्नुका साथै उद्धार अभियानमा अवरोध पुग्न सक्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू उद्धार कार्यमा परिचालित रहेकाले अनधिकृत ड्रोन उडान नगर्न आग्रह गरेको छ।

साथै, आवश्यक अनुमति नलिई ड्रोन सञ्चालन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...