Sunday 4th October 2026

सरकारको स्वास्थ्य बीमा कार्यक्रममा वित्तीय संकट, संरचनागत सुधारको आवश्यकता


नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार करिब ५७ लाख सक्रिय बिमितमध्ये ३१ लाखभन्दा बढीले सेवा लिएका छन् भने वार्षिक दाबी भुक्तानी करिब ३० अर्ब रुपैयाँ पुग्ने अवस्था छ।

बीमाशुल्कबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ मात्र संकलन हुँदा बाँकी ठूलो दायित्व सरकारले व्यहोर्नुपरेको छ। आर्थिक भार बढेपछि बोर्डले निजी अस्पतालबाट सेवा बन्द गर्नुका साथै औषधि र सुविधाको दायरा समेत घटाएको छ।

विज्ञहरूले कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन, लक्षित वर्ग पहिचान, योगदानमा आधारित प्रणाली, निजी अस्पतालको सहभागिता तथा सरकारी अनुदानको एकीकृत व्यवस्थापनजस्ता सुधार आवश्यक रहेको बताएका छन्ब । अन्यथा बढ्दो आर्थिक भारका कारण स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारलाई कठिन हुने चेतावनी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...