Sunday 25th October 2026

रूसी आक्रमणले कीभको अर्को प्रमुख पुल क्षतिग्रस्त


रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको र त्यहाँको यातायात प्रभावित भएको कीभका मेयर भिटाली क्लिच्कोले बताएका छन्।

यसअघि बिहीबार र शुक्रबार पनि रुसी ड्रोनले साउदर्न ब्रिज (दक्षिणी पुल) लाई निशाना बनाएको थियो। लगातारका आक्रमणपछि पुलमार्फत हुने मेट्रो र सवारीसाधन सञ्चालन प्रभावित भएको छ।

यी दुई पुलले कीभको पूर्वी र पश्चिमी भागलाई जोड्ने काम गर्छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पुल, सञ्चार सञ्जाल, अस्पताल, विद्यालय र अन्य पूर्वाधारलाई लक्षित गरेर नागरिकलाई सहर छाड्न बाध्य पार्न खोजेको आरोप लगाएका छन्।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...