Sunday 4th October 2026

स्वास्थ्य बीमा बोर्डले HIB e-Portal सुरु गर्यो


स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा उपलब्ध गराएको छ।

नयाँ प्रणालीबाट नागरिकले www.eportal.hib.gov.np मा गई स्वयं वा दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत जोडिएको छ भने प्रिमियम भुक्तानी eSewa, Khalti र Connect IPS बाट गर्न सकिने व्यवस्था गरिएको छ।

बोर्डका अनुसार यसले स्वास्थ्य बीमा सेवालाई थप सहज, छिटो र पारदर्शी बनाउनुका साथै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...