Wednesday 28th October 2026

स्वास्थ्य बीमा बोर्डले HIB e-Portal सुरु गर्यो


स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा उपलब्ध गराएको छ।

नयाँ प्रणालीबाट नागरिकले www.eportal.hib.gov.np मा गई स्वयं वा दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत जोडिएको छ भने प्रिमियम भुक्तानी eSewa, Khalti र Connect IPS बाट गर्न सकिने व्यवस्था गरिएको छ।

बोर्डका अनुसार यसले स्वास्थ्य बीमा सेवालाई थप सहज, छिटो र पारदर्शी बनाउनुका साथै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...