Friday 9th October 2026

त्रिदेशीय प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले भारतलाइ २-१ ले हरायो


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ । सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन टिम कप्तान सावित्रा भण्डारी “साम्बा”ले भारत विरूद्ध २ गोल गरेर नेपालले जित निकालेको हो ।

खेल शुरू भएको २ मिनेटमै “साम्बा”ले नेपालको तर्फबाट गोल गर्दै नेपाललाइ अग्रता दिलाएकीमा पुनः साम्बले नै ६३ अाैं मिनेटमा दोश्रो गोल गरेपछि भारतलाइ हराउन नेपाल सफल भएको हो । भारतकी करिष्मा पुरूषोत्तम सिभाल्करले ८१ अाैं मिनेटमा १ गोल मात्रै फर्काउन सफल भइन्

यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले हारेको भारतले कुनै पनि अंक जोड्न सकेन ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...