Tuesday 27th January 2026

तमू समाज, कुवेतको समंन्वयमा बंगलादेशी नागरिकलाई रगत प्रदान


कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६ युनिट ‘ए प्लस’ रगत आवश्यक भएको डाक्टरको भनाई बमोजिम बिरामीको आफन्तजनले तमू समाजका सदस्य खुशीमान गुरुङ सँग अनुरोध गरेका थिए, त्येस पस्चात समाजमा आन्तरिक छलफल पछी समाजका बरीष्ठ सल्लाहकार तथा भुतपुर्व अध्यक्ष खोप गुरुङ द्वारा सेन्ट्रल ब्लड बैंक सँग समंन्वय गरी तत्काल रगत उपलब्ध गराई गत महिना बिरामीको अपरेशन सफल भएको थियो ।
मानव शरीरलाई नभई नहुने अती आवश्यक पदार्थ रगत हो । आफु सँग रहेका रगतलाई आवश्य परेका अन्य ब्यक्तीलाई दान गर्नुलाई मानवीय (पुण्य) कार्य मानिन्छ । यस पुण्य काममा कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई आवद्ध गराउदै तमू समाजले बिगत १२ बर्ष देखी रक्तदान कार्यक्रमको नियमित आयोजना गर्दै आएको छ । यस् बिच समाजले सम्बन्धित निकायमा अनुरोध गरी धेरै बिरामी श्रमिकहरुलाई आवश्यक रगत उपलब्ध गराई सेवा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...