Wednesday 14th January 2026

कुवेतमा पनि ३० औं विश्व आदिवासी दिवस मनाईयो (फोटो फिचर)


“विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा पनि भब्य रूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People ) भब्यरुपमा मनाईएको हो ।

कुबेतमा ९ अगस्ट शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत,नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरुको साथमा कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आथित्यता तथा शाखाका अध्यक्ष अमृत तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने रोशन राई र कल्पना मगरले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा उपस्थित सबैको मन्तव्यबाट राजु गुरुङले स्वागत गरेका थिए।

३० औं विश्व आदिवासी दिवसको कार्यक्रमको प्रमुख अतिथि राजदूत घनश्याम लम्सालले शुभकामना दिदै रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेपनि आफनो कला रितिरिवाज, संस्कृति परम्परा जोगाउन लागि परेकोमा धेरै धेरै धन्यवाद दिदै ३० औं विश्व आदिवासी दिवसको शुभकामना दिनु भएको थियो। यसैगरी विशेष अतिथि,कुवेतमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधि आठै वटा जातिय संस्थाका अध्यक्षहरुले ३० औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए।

तस्बिरः शुरेश गुरूङ


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...