Sunday 8th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय सैतीसौँ भाग (१३७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

जीवन रथ यात्रामा साथ हुँदो हो
परायले जिस्क्याउँदा मनमा छुँदो हो
जान्छन् छाडेर, जानेहरू माया मारेर
एकान्तमा सम्झिएर मायालु रुँदो हो
ओल्ट्याई कोल्ट्याई हृदयलाई धुँदो हो ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

जीवनमा जीवन साथीकाे साथ त हुँदाे रहेछ
मायामा उनको तस्बिरले सधैँ त छुँदाे रहेछ
जाने त जान्छ एक दिन यो संसारबाट बाँच्नेले
संसारबाट टाढा जाँदा सधैँ मन रूँदाे रहेछ
भिजाएर आँखाका आशुले मुहार धुँदाे रहेछ ।
श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ्ग ३

किन आजभोलि तिम्रै बानी बसेछ
यिनै आँखा भित्र तिम्रै नानी बसेछ
भनुँ त के भनुँ अवस्था यस्तै छ नि
मन र मुटुमा उहीँ सानी बसेछ
तिम्रै ढुकढुकीमा यो जानी बसेछ ।
धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

थोरै काम र धेरै गफ गर्छन् नेताले
चुनाबपछि फोन अफ गर्छन् नेताले
मान्छे नचिनीकन भोट दिँदा अहिले
राज्यको ढुकुटी सक्ने सफ गर्छन् नेताले
देश बेचि खाने सफद गर्छन् नेताले ।

दुर्गा भट्टराई
माेरङ

पञ्चाङ्ग ५

जाउ भन्दा मान्ने भए तिम्रो मायालाई मैले जाउ भन्थे
यो बर्खाको मासमा गएर आफ्नै गैरीखेत साउ भन्थे
मैले भनेको यति सजिलै किन मान्थ्यो र तिम्रो मायाले
नत्र मन्त्र जपेरै दिन्थे ओखती नचबाइ खाउ भन्थे
अनि त अरुको पछि नलाग मेरै नजिक आउ भन्थे ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ६

ठोस वस्तु एक आपसमा किन घोल्नु हो
कार्य गर्न नसकेछि भए किन बोल्नु हो
जे कुरा गरे पनि हद हुन्छ होइन महासय
जिउँदो मान्छे बेकारमा किन पोल्नु हो
नसक्ने भए धाक लाई किन बोल्नु हो ।

पूर्णबहादुर श्रेष्ठ

पञ्चाङ्ग ७

जाे भेटियाे उसैसँग माया गर्नु हुँदैन
आफूले औकात भन्दा तल झर्नु हुँदैन
कसकाे मन कस्ताे छ कसरी विश्वा गर्ने
अरूकाे विश्वासमा कहिले पर्नु हुँदैन
आपत पर्दा हामफालेर मर्नु हुँदैन न ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ८

श्रमको फल नपाउँदा सदैव मन रुन्छ मात्रै
सुस्त सुस्त पीडाको रासले मनलाई छुन्छ मात्रै
श्रमिकको पसिना खानु हुँदैन भन्छन् है कुराले
हो ब्यवहारमा भने शोषण गरेको हुन्छ मात्रै
पूरै नहुने सपना दु:खी गरिबले चुन्छ मात्रै ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग ९
पोल्ने त्यो घाम अनौठो लाग्छ
घामको डाम अनौठो लाग्छ
गफै गफमा देश चलायौ
केवल नाम अनौठो लाग्छ
सुकिलो चाम अनौठो लाग्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १०

जुन सरकार आएपनि समस्याका रास हुन्छन्,
चुनाव चितेपछि नेतानै विदेशीका दाश हुन्छन्
नागरिकहरूले केगरौँ नकाम नदाम गरायो
नेतालाई केथा नागरिकका समस्या खास हुन्छ
कहिले मष्तिक त कहिले हृदयको पास हुन्छन् ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ११

अरुकाे लागि मैनबत्ती बलेर सकिन्छ
डाहा गर्नेहरूको मन जलेर सकिन्छ
बाबाआमाकाे सारा जिन्दगी हेर्नेहाे भने
आफ्नै सन्तानकाे पीरमा गलेर सकिन्छ
बालापन खेलेर अनि चलेर सकिन्छ ।

सूर्य गिरी पोखरा ।

पञ्चाङ्ग/
१२
नयाँ सरकार बनाउनु छ
आफ्नो मात्रै दुनो सोझ्याउनु छ
दसैं र तिहारको मौका छोपी
इन्धनको भाउ बढाउनु छ
चुनावको खर्च उठाउनु छ ।

• देवी पन्थी

पञ्चाङ्ग १३

गफाडी नेताको भर नपर्नाले हो मलाई अलग ठानिएको
उनको पक्षमा बोली नभर्नाले हो मलाई अलग ठानिएको
घण्टा घण्टामा बोली फेर्छौ,र आफ्नो खल्तीमात्र हेर्छौ,त्यसैकारण
ताली बजाउन अघि नसर्नाले हो मलाई अलग ठानिएको
भ्रष्टको समर्थन नै नगर्नाले हो मलाई अलग ठानिएको ।

प्रेम थापा “मन”बागलुङ

समपञ्चाङ्ग १४
१//
खडेरी आयो रोपेको धान मारेर जाने भो
सुकाइ हिलो सम्पूर्ण नास पारेर जाने भो
कतैछ झरी कतैछ घाम कस्तो यो नियम
अन्नको दाना टिपेर लान टारेर जाने भो
बगाको थोपा पसिना सब हारेर जाने भो ।
२//
झरीले कतै परेर धेरै चारेर जाने भो
खेतका गरा प्रत्यङ्ग पारी फारेर जाने भो
मनमा चिन्ता बोकेर सधैँ कृषक पीरमा
सङ्घर्ष गर्न देखाइ डर बारेर जाने भो
समाइ खुट्टा किसान उधै झारेर जाने भो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १५

कार्य सम्पन्न हुँदैन मात्र बोलेर किन ?
नबुझी पढ्दा हुने बेकार घोकेर किन ?
जीवनमापर्ने समयको घाम छाया सधै
बोल्दा पनि बोल्नु पर्छ धेरै सोचेर किन ?
साँचो कुरा बोल्नु पर्छ सधैं ठोकेर किन ?

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

पञ्चाङ्ग १६

धिक्कार वा हकार तिम्रो नै माया हो म
जता जान्छौ उतै आउने त्यो छायाँ हो म
मलाई लाग्छ माया तिमीलाई गर्दिनौ
साथ छोड्दिन कहिले तिम्रो दायाँ हो म
जीवन भरिको लागि तिम्रो काया हो म ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १८
तिमीलाई मेरो तन दिइसकेँ
जति थियो सबै धन दिइसकेँ
अब त दिन बाँकी के नै रह्यो र
माग्यौ पवित्र यो मन दिइसकेँ
सम्झ न सीता जी वन दिइसकेँ ।

श्रीकृष्ण शर्मा
मालेपाटन -५, पोखरा


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम…

आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा…

(एपी) - कुवेतले बुधवार आफ्नो योजनाको लागि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपर्दा सानो, तेल धनी राष्ट्रमा दुर्लभ सामूहिक मृत्युदण्डमा सात जनालाई…

प्रतिकृयाहरू
...