Saturday 12th September 2026

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा


स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।

त्यसको चार मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ। त्यसबखत स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। स्पेनले अब आज राति हुने दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात…

-रोजिना ढुंगाना “दिदी, Yepbit बन्द भयो रे… अब हाम्रो पैसा के हुन्छ?” मोबाइलमा आएको यो सन्देश पढेर निशा चिन्तित भइन्।…

विश्वभर ठगी (Scam) का घटना बढिरहेका छन्। कृत्रिम बुद्धिमत्ता (AI) लगायत नयाँ प्रविधिका कारण ठगी अझ जटिल र प्रभावकारी बन्दै…

प्रतिकृयाहरू
...