Monday 12th October 2026

मेचिकाली समुह कुवेतबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० हजारभन्दा बढी सहयोग


कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ।

Al Muzaini Exchange मार्फत गरिएको रकम स्थानान्तरण अनुसार नेपाली रुपैयाँ ५०,१०३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको रसिदमा उल्लेख छ। उक्त रकम पठाउन संस्थाको अक्षयकोषबाट कुवेती दिनार १०१.६२५ KWD खर्च गरिएको हो।

विदेशमा रहेर पनि मातृभूमिप्रति जिम्मेवारी निर्वाह गर्दै प्राकृतिक विपत्ति तथा आपत्कालीन अवस्थामा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम पठाइएको जनाइएको छ।

हालैका प्राकृतिक विपत्ति र आपत्कालीन अवस्थाका बेला प्रवासी नेपालीहरूबाट राहत तथा उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ। यस सहयोगले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...