Saturday 3rd October 2026

मेचिकाली समुह कुवेतबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० हजारभन्दा बढी सहयोग


कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ।

Al Muzaini Exchange मार्फत गरिएको रकम स्थानान्तरण अनुसार नेपाली रुपैयाँ ५०,१०३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको रसिदमा उल्लेख छ। उक्त रकम पठाउन संस्थाको अक्षयकोषबाट कुवेती दिनार १०१.६२५ KWD खर्च गरिएको हो।

विदेशमा रहेर पनि मातृभूमिप्रति जिम्मेवारी निर्वाह गर्दै प्राकृतिक विपत्ति तथा आपत्कालीन अवस्थामा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम पठाइएको जनाइएको छ।

हालैका प्राकृतिक विपत्ति र आपत्कालीन अवस्थाका बेला प्रवासी नेपालीहरूबाट राहत तथा उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ। यस सहयोगले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...