Friday 23rd October 2026

बाढीपीडित राहत कोषमा विश्वकर्मा एकता समाज कुवेतबाट ५१ हजार बढि आर्थिक सहयोग


कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको छ।

प्राप्त विवरणअनुसार, कुवेतको फरवानिया शाखामार्फत ११ सेप्टेम्बर २०२६ मा १०५ कुवेती दिनार (KWD) बराबर नेपाली रुपैयाँ ५१ हजार ७६६ पठाइएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister’s Disaster Relief Fund) को खातामा जम्मा गरिएको छ।

रसिदमा उल्लेख भएअनुसार, रकम ग्लोबल आईएमई बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको कोषको खातामा पठाइएको छ। बिश्वकर्मा समाज नेपाल कुवेतले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरी पठाएको जनाएको छ।

विदेशमा रहेका नेपाली समुदायले विपद्का समयमा मातृभूमिप्रति देखाएको सहयोग र ऐक्यबद्धताले राहत अभियानलाई थप सशक्त बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...