Wednesday 4th March 2026

पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेजप्रमकाे पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न हुने


तीतोपाटी – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा आयाेजना हुँदैछ भने उक्त अधिवेशनकाे प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल कुवेत आउने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल प्रभावशाली महिला नेतृ हुन् भने उनी पुर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत हुन् ।

मञ्चका अध्यक्ष तथा पाँचाै राष्ट्रिय अधिवेशन आयोजक मुल समितिका संयोजक मन बहादुर भुजेल मगरले मिडियाकर्मीहरूसँग कुराकानी गर्दै कार्यक्रमको तयारी जोडतोडका साथ अगाडि बढिरहेको र प्रमुख अतिथिको कुवेत आगमनको सम्पुर्ण व्यवस्था गरिसकिएको बताउँदै अधिवेशनको अवसर पारेर मुलुकमा संघियता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र ल्याउन अहं भूमिका निर्वाह गरेका पुर्व लडाकुहरूलाइ पार्टी केन्द्रीय उपाध्यक्षको हातबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मुलुकमा रोजगारीको अबसर नहुँदा विदेशमा पस्न बाध्य भएका नेकपा माओवादी केन्द्रप्रति आस्थावान सम्पुर्ण कुवेतवासी युवावर्गलाइ उक्त अधिवेशन समारोहमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै अाैपचारिक रूपमा छि्ट्टै पत्राचार गरिने जनाएका छन् ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०१० मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
मितिः ७ जुन २०२४ शुक्रबार ।
स्थानः सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया ।
समयः दिनको ठिक ११ बजे ।

नोटः अधिवेशन सम्बन्धि विस्तृत जानकारीको लागि तपसिल बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गर्न सकिनेछ ।

मन बहादुर भुजेल मगर (अध्यक्ष) – 69333883
राजन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष) – 94740556
बुद्धि बहादुर गुरूङ (महासचिव) – 69034335


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...