Sunday 28th April 2024

सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने


वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरूसहितको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेससहितको गठबन्धन तोडेपछि अहिले नेकपा एमालेसहितका ८ दल गठबन्धन सरकारमा छन् । एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

न्यूनतम कार्यक्रम तय गर्ने कार्यदलमा भने एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शनिबारै शीर्ष नेताहरूलाई मस्यौदा बुझाएको थियो । सभार: देशान्तर


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...