Wednesday 23rd September 2026

तमू समाज कुवेतद्धारा “आठौ बृहत रक्तदान कार्यक्रम”


रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।
जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जिबन विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ८ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

मिति : 03 मे 2024 शुक्रबार
समय : दिनको ठिक ०1:०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक : तमू समाज कुबेत


सम्बन्धित शीर्षकहरु

रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ युनाइटेड रुसिया दलले ठूलो बहुमत हासिल गरेको छ। प्रारम्भिक नतिजाअनुसार दलले ४५०…

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

प्रतिकृयाहरू
...