Sunday 25th October 2026

भट्टराई नेतृत्वको नेसपा विभाजित


माओवादीको चुनाव चिन्ह बाट चुनाव लडेर जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला डा.बाबुराम भट्टराई नेतृत्वको (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।
शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ ।नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि एक एक सांसद छन् ।

भट्टराई निकटका नेताहरूले माओवादीमा प्रवेश गर्न चाहेकाले संवाद गरेको आरोप लगाएका छन् । नेसपाका कार्यालय प्रमुख रोशन पोखरेलले अहिले पार्टीगतरूपमा माओवादीसँग एकताको संवाद नै हुन नसक्ने बताएका छन । भट्टराईबिनाको बैठकको औचित्य नरहेको उनको भनाइ छ । भट्टराईले पार्टीको कार्यकारिणी समिति बैठक आइतबार र सोमबारका लागि बोलाएका छन् । तर, यादव पक्षले बैठक नै नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...