Sunday 28th April 2024

रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु


रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु भएको छ । अरब टाईम्सका अनुसार उनीहरुलाई माहवुल्ला क्षेत्रमा एक कुवेतीको कारले ठक्कर दिएको थियो ।
माहबुल्ला अगाडिको कोस्टल रोडमा कुवेती नागरिकले चलाएको कारले २ नेपाली र एक अपरिचित पुरुष गरी तीनजनालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । गृहमन्त्रालयको अपरेशन रुमले दुर्घटनाको जानकारी पाएपछि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले घटनास्थलमा पुगेर मृतकको शवलाई फरेन्सिक मेडिसिन विभागमा रिफर गरेका थिए ।

यसैबीच सुबिया रोडमा कारले ठक्कर दिँदा एक कुवेती नागरिकको मृत्यु भएको छ । उनको शवलाई फरेन्सिक मेडिसिन विभागमा लगिएको थियो र मुद्दा दर्ता गरिएको थियो। त्यस्तै, सुबिया रोडमा अर्को गाडीसँग ठोक्किँदा एक अफगान प्रवासीको मृत्यु भएको छ । उनलाई गाडीको भग्नावशेषबाट निकालियो र उनको शव फोरेन्सिक मेडिसिनमा पठाइएको थियो। यी सवै दुर्घटनाको मुद्धा दर्ता गरिएको र आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

दुर्घटनामा मृत्यु हुने नेपाली को थिए तिनको विवरण भने खुल्न बाकी नै छ ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...