Friday 2nd October 2026

बार र पर्सामा पुनः धार्मिक दङ्गा -प्रशासनद्धारा कर्फ्यु


नेपालको भारतीय सीमाना जोडिएको वीरगन्जमा सोमबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको छ । दुई धार्मिक समूहबीच उत्पन्न तनावका कारण यो कर्फ्यू लगाइएको हो ।

पर्साका जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको आदेशअनुसार सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । उक्त आदेश अनुसार अर्को आदेश नभएसम्म भीड जम्मा गर्ने, विरोध प्रदर्शन गर्ने, बाहिर घुम्ने जस्ता गतिविधि गर्न पाइने छैन । यसअघि पर्साको छिमेकी जिल्ला रौतहटको मोतीपुरमा बसन्तपञ्चमी पर्वमा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि त्यहाँ विगत पाँच दिनदेखि कर्फ्यु जारी छ । यो तनाव वीरगन्जसम्म पनि फैलिएको स्थानीय प्रशासनले जनाएको छ । सोमबार दिउँसो प्रदर्शनकारीले बजार बन्द गरेपछि प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनकारीले पहिले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न १० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । रौतहटमा अहिले अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले दावी गरेको छ । रौतहट जिल्ला प्रशासनका सूचना अधिकारी मणिभूषण शाहले अवस्था सामान्य भए पनि दुई पक्षबीच झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सावधानीका रुपमा कर्फ्यु जारी राखिएको बताए ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...