Tuesday 13th January 2026

बुद्ध एयरले नयाँ जहाज भित्र्यायो, एक महिनाभित्र उडान सेवा दिने


बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।

योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...