Monday 26th October 2026

होर्मुजमा तेलवाहक जहाजमाथि इरानी आक्रमण


इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।

यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ । अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ । चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल-मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्ग प्रभावित भइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...