Saturday 19th September 2026

होर्मुजमा तेलवाहक जहाजमाथि इरानी आक्रमण


इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।

यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ । अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ । चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल-मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्ग प्रभावित भइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...